काठमाडौं, १५ बैशाख :
सत्तारुढ दल नेकपाभित्र विवाद चर्किरहेको बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको नेता नेपाल निकट एक नेताले बताए । उनले प्रधानमन्त्री र वरिष्ठ नेता नेपालबीच के कुरा भयो भन्ने खुलाउन चाहेनन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपालबीच प्रधानमन्त्री ओलीलाई बजेट अघि नै प्रधानमन्त्रीबाट हटाउने तयारी शुरु गरेको समयमा भएको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
दुवै पक्षबीच प्रधानमन्त्री ओलीबाट पार्टी तथा सरकार सञ्चालन हुन नसक्ने निष्कर्ष निकाल्दै विकल्प खोज्ने विषयमा सहमति भएको छ ।