माैसम : आज दिउँसाे तराईका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना

काठमाडौँ, १७ वैशाख : 

बुधबार (आज) दिउँसो पश्चिम तराईका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

अन्य ठाउँको मौसम भने बदली हुँदै घाम लाग्नेछ ।

पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभरिकै मौसम बदली भए पनि महेन्द्रनगर, धनगढी, बर्दीयालगायत पश्चिम तराईमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

यस्तै दिउँसो बादलमात्र लाग्ने काठमाण्डाैसहित मध्य र पूर्वका केही ठाउँमा राति भने चट्याङ र हावाहुरीसहित पानी पर्ने उहाँले जानकारी दिनुभयो । स्थानीय वायुका कारण पानी पर्ने भएकाले धेरै लामो समय पानी नपर्ने उहाँको अनुमान छ । यस्तै हिजोअस्तिको भन्दा अब मौसम बिस्तारै खुल्ने पनि मौसमविद् पौडेलको भनाइ छ ।

पानी र चट्याङ पार्ने बादल विकसित भइरहेकाले अहिले पनि पश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

बढ्यो सुनचाँदीको भाउ

सङ्घीय संसद्काे दुवै सदनकाे अधिवेशन भोलिदेखि अन्त्य हुने

लेबनानमाथि इजरायली आक्रमण कायमै, २४ घण्टामा कम्तीमा २०३ जनाको ज्यान गयो