पत्रकारलाई धम्की दिएको प्रति प्रेस संगठन चितवनको आपत्ती

चितवन, १७ वैशाख :

प्रेस संगठन चितवनले समाचार लेखेकै भरमा संगठनका सदस्य सुवास पण्डितलाई धम्की दिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनका जिल्ला संयोजक प्रकास ज्ञवाली र सह संयोजक तीर्थ नेपालद्वारा जारी विज्ञप्तिमा संगठनका जिल्ला कमिटी सदस्य तथा अनलाइनखबरका चितवन सम्वाददातालाई धम्की दिएको मा आपत्ती जनाएको हो । बुधबार जारी विज्ञप्तीमा समाचार लेखेकै कारण चेतावनीसहितको धम्की दिनु निन्दनीय र खेदजनक रहेको उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ–‘अस्पतालका विषयमा प्रकाशित÷प्रसारित समाचार र लेख्ने पत्रकारलाई लक्षित गरी अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ती नै निकालेर ‘समाचार लेख्ने व्यक्तिहरुको पहिचान गरी आफैले आवश्यक कारवाही गर्ने’ चेतावनीसहित धम्की दिनु निन्दनीय र खेदजनक छ ।

प्रकाशित समाचार प्रति कुनै गुनासो भए कानुनी उपचारका मार्ग प्रशस्त हुँदाहुँदै पत्रकारलाई धम्की दिनु आपत्तिजनक छ ।’ संगठनले आमपत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षा गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।

केही दिन अघि सीसीटिभी फुटेजसहित कोरोना अस्पतालकै कर्मचारीले रातीको समयमा स्टोरबाट सामग्रीहरु चोरी गरी बाहिर निकालिएको समाचार प्रकाशित गरिएको थियो । समाचार प्रकाशित भएपछि स्वास्थ्यकर्मी संगठनले विज्ञप्ति प्रकाशित सञ्चार माध्यम र पत्रकारलाई धम्कीको भाषा प्रयोग गरी आफै कार्बाही गर्ने चेतावनी दिएको थियो ।

सत्यतथ्य समाचार बाहिर आएपछि चोरी गर्ने व्यक्ति र त्यसको बचाउका लागि विभिन्न सस्था लागिपरेका छन् । घटनाको चौतर्फी आलोचना र विरोध भएको छ ।

 

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने