देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना

काठमाडौँ, १९ वैशाख :

आज (शुक्रबार) पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार पश्चिमका केही ठाउँमा त अहिले पनि वर्षा भइरहेको छ । र, यो पूर्व सर्ने क्रममा छ। ‘वर्षाको सम्भावना त अहिलेदेखि नै देखिन्छ, उनले भने, ‘सिस्टम (पानी पार्ने प्रणाली) पश्चिमबाट पूर्व सरिरहेकाले काठमाडौं उपत्यकालगायत स्थानमा दिउँसो वा अपराह्नपछि वर्षा हुने अनुमान छ ।’

आज देशका केही स्थानमा तर जुनसकुै ठाउँमा हावाहुरी, चट्याङका साथ वर्षा हुने देखिएको उनले बताए। विशेषगरी अहिले हावाहुरी र चट्याङबाट बच्नुपर्ने मौसम रहेको मौसमविद्को सुझाव छ ।

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो