इटलीमा हुने रोड साइक्लिङ च्याम्पियनसिप १ वर्ष पछि सर्‍यो

काठमाडौं, २१ बैशाख :

कोरोना भाइरसको महामारीको कारण इटालीमा हुने भनिएको युरोपियन रोड साइक्लिङ च्याम्पियनसिप एक वर्षका लागि पछि सरेको छ ।

आगामी सेप्टेम्बरको ९ देखि १३ सम्म इटालीको ट्रेनटिनो प्रदेशमा हुने तय भएको च्याम्पियनसिप २०२१ का लागि सारिएको हो ।

कोरोना महामारीलाई मध्यनजर गर्दै सबै पक्षसँगको छलफलपछि च्याम्पियसिप स्थगित गरेको युरोपियन साईक्लिङ युनियन युइसीले जनाएको छ ।

स्थगित च्याम्पियनसिप सेप्टेम्बर १ देखि ५ वा ८ देखि १२ मा गरिने युनियनले जनाएको छ । अबको केही महिनामा सन् २०२१ को क्यालेन्डर सार्वजनिक गर्ने युइसीले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

बढ्यो सुनचाँदीको भाउ

सङ्घीय संसद्काे दुवै सदनकाे अधिवेशन भोलिदेखि अन्त्य हुने

लेबनानमाथि इजरायली आक्रमण कायमै, २४ घण्टामा कम्तीमा २०३ जनाको ज्यान गयो