नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ६९ पुग्याे

काठमाडौं, २१ बैशाख :

बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् । आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएका थिए । नेपालगञ्ज र  वीरगञ्ज गरी आइतबार एकै दिन नेपालमा १० जना कोरोना स‌ंक्रमित भेटिएका हुन् ।

संबन्धित शिर्षकहरु

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा, धेरै गर्मी हुने अनुमान

आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली खेल्दै

अमेरिकाले ब्यालिस्टिक आक्रमण रोक्न सक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गर्दै