प्रधानमन्त्रीको निर्देशन :  लकडाउन कडा पार्नू, भारतबाट कोही आउन नदिनू

काठमाडौं, २१ बैशाख :

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउन अझै कडा पार्न निर्देशन दिएका छन् । आइतवार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले भारतीय सीमा नाकामा पनि थप कडाई गर्न निर्देशन दिएका हुन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा लकडाउनकै कारण नेपालमा कोरोना संक्रमण फैलिन नपाएको भन्दै प्रधानमन्त्री सम्बन्धित मन्त्रीलाई थप कडाई गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भारतीय सीमाबाट हुने आवतजावतमा कडाई गर्न निर्देशन दिएका हुन्। उनले भारतबाट नेपालमा लुकीछिपी मानिसहरु पसिरहेको भन्दै त्यसलाई पूरै रोक्न निर्देशन दिएका हुन्।  ओलीले छिमेकी मुलुक भारतमा अड्किएका नेपालीलाई तत्काल स्वदेश फिर्ता नल्याउन पनि निर्देशन दिएका छन्।

भारतका विभिन्‍न ठाउँमा हजारौँ नेपाली नेपाली अलपत्र छन्।  उनीहरुले स्वदेश फिर्ता गर्न सरकारसँग माग गर्दै आइरहेका बेला ओलीको यो निर्देशन आएको हो। उनले छिमेकी मुलुकमा कोरोना भाइरस संक्रमित बढिरहेकाले नेपालमा त्यसको जोखिम कम गर्न आवश्यक भएको बताएका थिए ।

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी