भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको ज्यान गयो, १२ जना घाइते

काठमाण्डौं, १८ माघ :

भारतको झारखण्डमा भएको आगलागीमा १४ जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् । झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा गएराती आगलागी भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीमा ज्यान गुमाउनेमा महिला र बच्चा रहेका छन् । उनीहरु विवाह समारोहमा सहभागी रहेको खबरमा उल्लेख छ । आगलागीको समयमा भवनमा कति मानिस थिए भनेर खुलेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकले भवनमा फसेका केहिको उद्धार गरेका छन् । साथै आगो निभाएका छन् । आगलागीको कारण खुलेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको दुःख व्यक्त गरी घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा