कोरोनाबाट विश्वमा ३६ लाख भन्दा बढी संक्रमित

काठमाडौं, २३ बैशाख :

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेकाे सख्या ३६ लाख नाघेकाे छ ।  अढाई लाख  भन्दा बढीले ज्यान गुमाएका छन्।  विश्वका २१५ देशमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण आज बिहानसम्म २ लाख ५२ हजार २४ जनाको मृत्यु भइसकेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिकामा रहेको छ। अमेरिकामा कोरोनाका कारण ६९ हजार ७२५ को मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या १२ लाख १२ हजार ३ सय ५४ रहेको छ। अमेरिकामा हाल सम्म १ लाख ८७ हजार ४ सय ८४ निको भएका छन्।

इटलीमा २९ हजार ७९, बेलायतमा २८ हजार ७३४, स्पेनमा २५ हजार ४२८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ।  विश्व्भर कोरोना संक्रमितको संख्या ३६ लाख ४२ हजार नाघेको छ। ११ लाख ९४ हजार १७७ उपचार पछि निको भएर घर फर्किसकेका छन्।  २१ लाख ९५ हजार ८७६ जनाको उपचार भइरहेको छ ।

जसमध्ये ४९ हजार ६३४ को स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्यम रहेको छ।

संबन्धित शिर्षकहरु

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा, धेरै गर्मी हुने अनुमान

आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली खेल्दै

अमेरिकाले ब्यालिस्टिक आक्रमण रोक्न सक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गर्दै