कोरोनाबाट विश्वमा ३६ लाख भन्दा बढी संक्रमित

काठमाडौं, २३ बैशाख :

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेकाे सख्या ३६ लाख नाघेकाे छ ।  अढाई लाख  भन्दा बढीले ज्यान गुमाएका छन्।  विश्वका २१५ देशमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण आज बिहानसम्म २ लाख ५२ हजार २४ जनाको मृत्यु भइसकेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिकामा रहेको छ। अमेरिकामा कोरोनाका कारण ६९ हजार ७२५ को मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या १२ लाख १२ हजार ३ सय ५४ रहेको छ। अमेरिकामा हाल सम्म १ लाख ८७ हजार ४ सय ८४ निको भएका छन्।

इटलीमा २९ हजार ७९, बेलायतमा २८ हजार ७३४, स्पेनमा २५ हजार ४२८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ।  विश्व्भर कोरोना संक्रमितको संख्या ३६ लाख ४२ हजार नाघेको छ। ११ लाख ९४ हजार १७७ उपचार पछि निको भएर घर फर्किसकेका छन्।  २१ लाख ९५ हजार ८७६ जनाको उपचार भइरहेको छ ।

जसमध्ये ४९ हजार ६३४ को स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्यम रहेको छ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा