पानी पर्ने क्रम कम हुने : मौसमविद्

काठमाडौं, २३ बैशाख :

पछिल्लाे केही दिनदेखि चलिरहेको पानी पर्ने क्रम बुधबारदेखि कम हुने मौसमविद्ले बताएका छन् ।

बुधबारदेखि लगातार झरी तथा हावाहुरी, मेघगर्जन र चट्याङसहित ठूलाे पानी पर्ने क्रम कम हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

तर बुधबारदेखि नै टन्टलापुर घाम लाग्ने सम्भावना भने नरहेको, छिनछिनमा बदली हुने र हल्का वर्षा भने हुन सक्ने सम्भावना रहेको पौडेलले बताउनुभयो । आज पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरैजसो ठाउँमा पानी परेको छ ।  आज देशभरिकै मौसम धुम्म रहेको र केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयाे । काठमाण्डौ उपत्यकामा बेलुकीपख सामान्य पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी