माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै 

काठमाण्डौं, २१ माघ : 

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शनिबार बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालयका सचिव डोर प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

बिहीबार बोलाइएको बैठक एजेण्डामै प्रवेश नगरी स्थगित भएको थियो भने शुक्रबार अन्तिम समयमा आएर स्थगित भएको थियो । माओवादीको बैठकमा गृह मन्त्रालय र नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा पनि छलफल हुनेछ ।

यही माघ १२ गतेदेखि सुरू भएको स्थायी कमिटी बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले पटक–पटक बस्दै सर्दै आएको नेताहरुको भनाइ छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबारसम्म गृह मन्त्रालय टुंगो लगाउन अल्टिमेटम दिएको छ । जसरी पनि गृह मन्त्रालय आफूले पाउनुपर्ने लामिछानेको जोड छ ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी