विश्व शान्तिका लागि बुद्धको उपदेश लोकप्रिय : प्रचण्ड

काठमाडौं, २५ वैशाख :

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विश्वभरका बौद्धमार्गीहरुलाई शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपालको भूमिमा जन्मेर मानव कल्याणका साथै विश्व शान्तिका लागि ठूलो योगदान दिएका गौतम बुद्धका उपदेश विश्व मै लोकप्रिय भएको उल्लेख गरे ।

बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याएको भन्दै प्रचण्डले हामी सबै नेपालीले गर्व गर्नुपर्ने प्रचण्डको भनाइ छ । त्यसैगरी आज नै परेको किराँत (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायको उभौली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको कामना पनि गरेका छन् ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने