राष्ट्रिय सहमति कायम गरेर नयाँ राष्ट्रपति चयन गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ, २६ माघ : 

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति कायम गरेर नयाँ राष्ट्रपति चयन गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा सहमति जुटाएर नै अगाडि बढ्नुपर्ने बताउनुभएको महासचिव देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

राष्ट्रपतिमा सत्तापक्ष र विपक्ष भन्दा पनि सबै दलहरूलाई मान्य हुने पात्र चयन गर्न सकेमा मात्रै राष्ट्रिय एकता कायम हुन सक्छ भन्ने कुरामा प्रधानमन्त्री दाहालले जोड दिनुभएको महासचिव गुरुङले जानकारी दिनुभयो ।

संबन्धित शिर्षकहरु

अर्बपति एलन मस्कले नयाँ दल गठन गर्ने : दलको नाम ‘द अमेरिका पार्टी’

फिफा क्लब विश्वकपको सेमिफाइनल समिकरण पूरा

भारत र बङ्गलादेशबीच अर्को महिना हुने भनिएको क्रिकेट शृङ्खला स्थगित