आजदेखि संसदको बजेट अधिवेशन शुरु हुँदै

काठमाडौं, २६ बैशाख  :

आजदेखि संसदको वर्षे अधिवेशन अर्थात् बजेट अधिवेशन शुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको बैठक संयुक्त रुपमा बस्नेछ । कोरोना भाइरसको संक्रमण हुन नदिन सामाजिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइएको छ ।

सचिवालयले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सबै तयारी पूरा गरेको जनाएको छ । यसका लागि हिजो दिनभर सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो भने छुटेकाहरुको आज पनि स्वाब संकलन गरिने छ । सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउनेछन् ।

जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरु सबैलाई कोरोना संक्रमण भए/नभएको यकिन गरेर मात्र संसद भवनमा प्रवेश दिइने व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ । पत्रकारलाई कलम र डायरी लैजान प्रतिबन्ध लगाइएकको संसद सचिवालयले सूचना निकाली जनाएको छ ।

जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था रहेको छ भन त्यस अगाडि पूर्व बजेट छलफल गर्नपर्ने भएकाले कोरोनाको जोखिमकै बीचमा पनि बैठक सञ्चालन गर्न लागिएको हो । मिनी संसद मानिे संसदीय समितहरुले त आफ्ना बैठकहरु शुरु गरिसकेका छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा