आज कानुन दिवस मनाइँदै

काठमाडौं, २६ वैशाख :

आज कानुन दिवस, कानुन र न्याय क्षेत्रमा संलग्नहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । २००९ साल वैशाख २६ गते नेपाल प्रधानन्यायालय ऐन, २००८ लागू भएको सम्झनामा हरेक वर्ष वैशाख २६ को दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।

न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको सुरुवात गर्ने व्यक्तित्वको योगदानको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । तर कोरोना भाइरसको जोखिमका कारण औपचारिक कार्यक्रम भने आज हुने छैन ।

दिवसका अवसरमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देश निकाल्दै कोरोनाको महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको र नेपाललगायत महामारीबाट प्रभावित देशका अदालतले सङ्कुचनसहितको न्याय सम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएको उल्लेख गर्नुभएको छ ।

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक