प्रतिनिधि सभामा विधेयकका सिद्धान्त र प्राथमिकता माथि आज छलफल सुरु हुँदै

काठमाडौं, २९ वैशाख :

प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आज छलफल सुरु हुँदै छ । अर्थमन्त्री युवराज खतिवडाले हिजोको बैठकमा कर प्रस्ताव बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो ।

विहान ११ बजे बस्ने बैठकमा सरकारले पेश गरेको प्रि बजेटमाथि छलफल हुन लागको हो । प्रि बजेटमाथिको छलफल प्रतिनिधि सभामा आज र भोलिमा सक्ने सरकारको तयारी छ ।

हिजो नै छलफल सुरु भएको राष्ट्रिय सभामा भने आज छलफल सकेर अर्थमन्त्रीले जवाफ दिने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

आगामी वर्षको बजेटलाई परिणाममूखि बनाउन प्रि बजेटमाथिको छलफल गर्ने गरिएको हो ।

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो