लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं, २८ माघ :

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक र प्रतिवेदनहरु प्रस्तुत गर्ने संभावित कार्यसूची छ। बैठक संचालन भएमा आज कारागार विधेयक २०७६ बैठकमा पेश हुनेछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्ले नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रमाण  (दोस्रो संसोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछिन् ।

बैठकले पहिलो संविधानसभा सदस्य सिद्धार्थकुमार सोमानीको निधनमा शोक प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ।

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी