प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं, १२ फागुन :

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा एउटा मात्रै कार्यसूची छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि मात्रै रहेको संसद सचिवालयले जनाएको छ।

संघीय संसद बैठकमा सरकारले ‘बिजनेस’ दिन नसक्दा बैठक विशेष र शून्य समयमा सांसदहरुले धारणा राख्नमै सीमित भइरहेको छ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी