इन्सुलिनको मूल्य ७० प्रतिशतले घटाएको अमेरिकी औषधि निर्माता कम्पनी एली लिलीको दाबी

काठमाडौं, १८ फागुन :

अमेरिकी औषधि निर्माता कम्पनी एली लिलीले इन्सुलिनको मूल्य ७० प्रतिशतले घटाएको दाबी गरेको छ ।

एली लिलीले वर्षौँदेखिको बढ्दो मूल्यपछि इन्सुलिनको मूल्यमा ७० प्रतिशतले कटौती गर्ने घोषणा गरेको हो । मूल्य घटेपछि मधुमेहका बिरामीलाई सहज हुनेछ ।

पछिल्ला वर्ष इन्सुलिनको लागत बढेको र मागमा पनि वृद्धि भएको अवस्थामा मूल्य घटाउने घोषणा गरिएको हो ।

कम्पनीले मे १ तारिख अर्थात् हिजोदेखि नै आफ्नो ब्रान्डेड इन्सुलिनको मूल्य प्रति भायल २५ डलरमा झार्ने घोषणा गरेको छ ।

लिलीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिक्सले इन्सुलिनको मूल्य घटेपछि मधुमेहबाट समस्या भोग्दै आएका लाखौँ अमेरिकी नागरिकलाई सहज हुने बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०२२ मा गरिएको एक अध्ययनअनुसार मधुमेह विश्वव्यापी रूपमा तीव्र गतिमा बढ्दै गएको दीर्घकालीन रोगमध्ये एक हो ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी