स्वाब संकलनका लागि मन्त्रालय र प्रयोगशालाको टोली आज पनि सिन्धुपाल्चोक जाँदै

काठमाडौं, ५ जेठ :

कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएका आफन्त तथा गाउँलेको स्वाब संकलनका लागि स्वाथ्य मन्त्रालय र प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशालाको टोली सोमबार पनि सिन्धुपाल्चोक जाँदैछ । गएको बिहीबार राति धुलिखेल अस्पतालमा उपचारको क्रममा सुत्केरी महिलाको कोभिड–१९ बाट मृत्यु भएको थियो ।

सिन्धुपाल्चोकको बाह्रबिसे राम्चेकी ३० वर्षकी महिलाको मृत्यु भएपछि उनको सम्पर्कमा आएकाहरुको स्वाब संकलनको काम भइरहेको छ । आइतबार ५४ जनाको स्वाब संकलन गरिएको थियो । सोमबार पनि स्वाब संकलनका लागि मन्त्रालय र प्रयोगशालाको टोली जाने भएको हो ।

कोभिड–१९ बाट मृत्यु भएकी महिलाको परिवारका सदस्य, आफन्त, छिमेकीको खोज गरी स्वाब लिइएको र सो क्रम जारी रहेको स्वास्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए । उनका अनुसार यो काममा नेपाली सेनाको पनि भूमिका रहेको छ ।

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी