चीनबाट सेनाले अत्यावश्यक स्वास्थ्य सामग्री ल्यायो

काठमाडौं, ६ जेठ :

कोरोना भाइरस विरुद्धको अभियानका लागि चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री नेपाली सेनाले चीनबाट ल्याएको छ । जीटूजी मार्फत स्वास्थ्य सामग्री चीनबाट ल्याउने जिम्मा पाएको नेपाली सेनाले नेपाल एयरलाइन्सको चार्टर्ड विमान मार्फत मंगलबार बिहान सामान ल्याएको हो ।

सामान लिनका लागि सोमबार बेलुका गएको विमान मंलबार बिहान आएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । चीनबाट दुई अर्बमा ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको थियो । त्यस अन्तर्गत पहिलो विमानमा मंगलबार १८ हजार ८४३ किलो सामान ल्याइएको हो ।

ग्लोब्स, मास्क, फेस मास्क, गाउन सहितका व्यक्तिगत सुरक्षात्मक सामग्री ९पीपीई० र अरु अत्यावश्यक स्वास्थ्य सामग्री ल्याइएको हो । यसअघि शनिबार स्थलमार्ग हुँदै ल्याइएको सामान काठमाडौँ आइपुगेको थियो ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव