लोकसेवा आयोगले पहिलो चरणमा भएका परीक्षा सञ्चालन गर्ने

काठमाडौं, ६ जेठ :
लोक सेवा आयोगले कुनै एक चरणको परीक्षा सञ्चालन भइसकेका पदहरुका बाँकी परीक्षा देशको अवस्था सामान्य भएपछि लिने भएको छ ।

सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षाको हकमा पनि यही लागू हुने आयोगले जनाएको छ । सोमबार बसेको लोक सेवा आयोगको बैठकले गरेका निर्णयअनुसार पहिलो चरणका परीक्षा भइसकेका शाखा अधिकृत र नायब सुब्बा पदका बाँकी परीक्षाहरु लकडाउन सकिएर अवस्था सामान्य भएपछि हुने भएका छन् ।

यसअघि कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि लोक सेवाले यी पदका परीक्षाहरु अनिश्चितकालसम्मका लागि स्थगित गरेको थियो ।

गत वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले हाललाई पदपूर्तिका सबै कार्यक्रम रोक्न लोक सेवा आयोगलाई आग्रह गरेको थियो । तर, आयोगले यसअघि नै कुनै एक चरणको परीक्षा भएकाको हकमा परीक्षा रोक्न नमिल्ने अनौपचारिक धारणा सार्वजनिक गरेको थियो ।

संबन्धित शिर्षकहरु

अर्बपति एलन मस्कले नयाँ दल गठन गर्ने : दलको नाम ‘द अमेरिका पार्टी’

फिफा क्लब विश्वकपको सेमिफाइनल समिकरण पूरा

भारत र बङ्गलादेशबीच अर्को महिना हुने भनिएको क्रिकेट शृङ्खला स्थगित