अम्पोन’ चक्रवातका कारण आज नेपालको मध्य र पूर्वी क्षेत्रमा पानी पर्ने

काठमाडौं, ६ जेठ :

बंगालको खाडीमा बनेको अम्पोन नामक चक्रवातको असर नेपालमा पनि पर्न थालेको छ । यसको असरले अहिले काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रमा मेघगर्जनसहित मौसम बदली भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवातको प्रभावका कारण आजदेखि नेपालमा पनि पानी पर्न थाल्ने र पूर्वी तथा मध्य क्षेत्रमा लगातार पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

लगातार पानी परे पनि ठूलो पानी भने कतै पनि नपर्ने उहाँले बताउनुभयो । पश्चिमको तुलनामा पूर्व र मध्य क्षेत्रमा यसको प्रभाव धेरै पर्ने अनुमान गरिएको छ ।

तर चक्रवात अघि बढ्ने अनुमान गरिएकोभन्दा अलि फरक तरिकाले अघि बढिरहेको मौसमविद मानन्धरले जानकारी दिनुभयो ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’