अम्पोन’ चक्रवातका कारण आज नेपालको मध्य र पूर्वी क्षेत्रमा पानी पर्ने

काठमाडौं, ६ जेठ :

बंगालको खाडीमा बनेको अम्पोन नामक चक्रवातको असर नेपालमा पनि पर्न थालेको छ । यसको असरले अहिले काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रमा मेघगर्जनसहित मौसम बदली भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवातको प्रभावका कारण आजदेखि नेपालमा पनि पानी पर्न थाल्ने र पूर्वी तथा मध्य क्षेत्रमा लगातार पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

लगातार पानी परे पनि ठूलो पानी भने कतै पनि नपर्ने उहाँले बताउनुभयो । पश्चिमको तुलनामा पूर्व र मध्य क्षेत्रमा यसको प्रभाव धेरै पर्ने अनुमान गरिएको छ ।

तर चक्रवात अघि बढ्ने अनुमान गरिएकोभन्दा अलि फरक तरिकाले अघि बढिरहेको मौसमविद मानन्धरले जानकारी दिनुभयो ।

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन