म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, १ चैत :

इंग्लिस क्लब म्यानचेस्टर सिटी युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति दोस्रो लेगमा जर्मन क्लब आरबी लाइपजिगलाई ७–० ले हराउँदै सिटीले क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको सिटीले समग्रमा ८–१ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

आफ्नै मैदानमा सिटीलाई फराकिलो जीत दिलाउन नर्वेका स्ट्राइकर अर्लीङ ब्रट हाल्याण्डले पाँच गोल गर्दा केभिन डे ब्रायन र इल्केए गुन्डोगानले एक एक गोल थपे ।

खेलको २२ औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरूवाती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दा सिटी पहिलो हाफमा ३–० ले अघि बढाए ।

४९ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई ४–० ले अग्रता दिलाए । ५३ औं मिनेटमा हालान्डले व्यक्तिगत चौथो गोल गर्दै खेल ५–० ले अघि बढाए । ५७ औं मिनेटमा हालान्डले व्यक्तिगत पाँचौं तथा टोलीका लागि छैटौं गोल गरे । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ब्रायनले गोल गर्दै सिटीलाई ७–० को जित दिलाए ।

 

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी