आजदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

काठमाडौं, ११ जेठ :
कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ ।

कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आजदेखि अनलाइनमार्पmत विशेष सापटी सेवा सञ्चालन गर्ने तयारी गरिएको कोषले विज्ञप्तिमार्फत जनाकारी दिएको छ ।

“लकडाउनका कारण यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै घर तथा कार्यालयमै बसेर सरल, सहज र प्रभावकारीरूपमा सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अनलाइन विशेष सापटी सेवा शुरु गरिएको हो” विज्ञप्तीमा भनिएको छ ।

हाललाई यो सेवा विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी अपडेट गरेका सञ्चयकर्ताले प्राप्त गर्न सक्नेछन। त्यसका लागि सञ्चयकर्ताले कोषको वेभसाइटमा गइ प्राप्त निर्देशनअनुसार अनलाइन फाराम भरी सोसँगै विशेष सापटीको आवेदन फाराम भरी स्क्यान कपी अपलोड गरेर पठाउनुपर्ने हुन्छ ।

कोषले उक्त आवेदन फारामलाई रुजु गर्छ र सो गरिसकेपछि सम्बन्धित सञ्चयकर्ताको बैंक खातामै रकम जम्मा गरिदिनेछ। कोषले कोभिड–१९ का कारण हाल बन्द रहेका अन्य सेवासमेत क्रमशः सञ्चालनको तयारीसमेत पूरा गरेको छ । लकडाउन खुकुलो हुनेबित्तिकै कोषका कार्यालयमार्फत सुरक्षितरूपमा कोषका अन्य सेवाप्रवाह हुने गरी तयारी गरिएको कोषले जनाएको छ ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा