साफ महिला च्याम्पियनशिप : नेपाल र बङ्गलादेश विचको खेल बराबरीमा

काठमाडौं, १४ चैत :  

१७ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले बङ्गलादेशसँग बराबरी खेलेको छ ।

ढाकाको बीएसएसएस मोस्ताफा कमल मैदानमा भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको आठौँ मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए पनि ७५ औँ मिनेटमा बङ्गलादेशले गोल गरेर खेल बराबरीमा ल्याएको हो ।

नेपाल पहिलो खेलमा भारत र तेस्रो खेलमा रुससँग पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई हराएको थियो । नेपाल प्रतियोगिता बाहिरिसकेको छ ।

 

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी