काठमाडौँ, १२ जेठ :
प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँले आज साँझ ५ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले गरेको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ । कोभिड–१९ लगायत मुलुकको समसामयिक विषयवस्तुमा उहाँको सम्बोधन हुनेछ । यसअघि प्रधानमन्त्री ओलीले कोभिड–१९ का रोकथाम र नियन्त्रणका सन्दर्भमा तीनपटक राष्ट्रका नाममा सम्बोधन गरिसक्नुभएको छ ।
यसैगरी आज नै साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ । (रासस)