बागमती प्रदेशको प्रदेशशभा बैठक बस्दै

काठमाडौं, १३ जेठ :

बागमती प्रदेशको आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम मंगलबार संसदमा पेश हुँदैछ। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बिहान ११ बस्ने संसद बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यसका लागि सांसदहरुलाई औपचारिक पोशाकमा निर्धारित समयको १५ मिनेटअघि नै प्रदेशसभा भवन हेटौंडा पुग्न सांसदहरुलाई निर्देशन दिइएको छ ।

यसअघि सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आर्थिक वर्ष २०७७-७८ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

विनियोजन विधेयकमाथिको छलफल सोमबार नै सकिएको छ। कोरोना भाइरसको महामारीका कारण छलफललाई छोट्याइएको थियो ।

संबन्धित शिर्षकहरु

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा, धेरै गर्मी हुने अनुमान

आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली खेल्दै

अमेरिकाले ब्यालिस्टिक आक्रमण रोक्न सक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गर्दै