प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं, १३ जेठ :
प्रतिनिधि सभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६र७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने संसद सचिवालयको कार्यसूची छ । आर्थिक सर्वेक्षण पेश भएको पर्सिपल्ट नयाँ आर्थिक वर्ष २०७७र७८ को बजेट संसदमा प्रस्तुत हुने छ । हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।

संविधान संशोधन विधेयक अर्को बैठकमा
आजको बैठकमा संविधान संशोधन विधेयक पेश हुने सम्भावना कम छ । सम्भवतः अर्को बैठकमा यो विधेयक पेश हुन सक्छ । लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधन गर्न लागिएको हो ।

त्यसैले संविधान संशोधन विधेयक यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा दर्ता गरिएको थियो । विधेयक परिपक्व हुन पाँच दिन लाग्छ । जेठ ९ गते दर्ता भएकाले मंगलबार जेठ १३ गते पाँच दिन पुग्छ । तर संसद सचिवालयले प्रकाशित गरेको मंगलबारको सम्भावित कार्यसूचीमा संविधान संशोधनको विषय छैन । १४ गते संसद बैठक राखिएको छैन । १५ गते आर्थिक वर्ष २०७७र७८ को बजेट पेश हुन्छ ।

कानुनमन्त्री डा। शिवमाया तुम्बाहाङ्फे भने छोटो बाटोबाट भए पनि संविधान संशोधन प्रक्रिया अघि बढाउनु पर्ने अडानमा छिन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि उनले यही अडान राखेकी थिइन् । छोटो बाटोबाट जाँदा कतिपय नियम निलम्बन गर्नुपर्ने हुन्छ । तर, प्रमुख प्रतिपक्षी र मधेस केन्द्रित दलका नेताहरुले भने नियम निलम्बनको पक्षमा छैनन् ।

नियमअनुसार नै जाँदा संविधान संशोधन गर्न २(३ महिना लाग्छ । संसद सचिवालयले भने १४ गते पनि बैठक राखेर संविधान संशोधनको प्रक्रिया सुरू गर्न सकिने विकल्पमा छलफल चलाउँदै आएको छ ।

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन