आज पाँच वटा प्रदेशको मौसम आंशिक बदली

काठमाडौं, २५ चैत :

आज पाँच वटा प्रदेशमा मौसम आंशिक बदली भएको छ ।

कर्णाली प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने अनुमान छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आज राति पनि कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र कर्णाली प्रदेशमा मौसम आंशिक बदली रहने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कतैकतै छिटपुट वर्षाको सम्भावना छ । राति कर्णाली प्रदेशको पहाडी एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी