कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ, १६ जेठ :
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यलयले विज्ञप्ती जारी गदै शुक्रबार दिउँसो १:०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको जानकारी दिएको हो ।

प्रमुख सचेतक बालकृष्ण खाँडले समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए । कांग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ ।

 

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो