एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, २८ बैशाख : 

नेकपा (एमाले)केन्द्रीय कमिटीको चौथो बैठक आज बस्दै छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्ययोजना, केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापनलगायत १० कार्यसूचीबारे छलफल हुनेछ ।

गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ । प्रचार विभागका उपप्रमुख रिजालका अनुसार बैठकमा केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्वित) सदस्य, चार केन्द्रीय निकायका अध्यक्ष र नौ प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) सहभागी हुने बताइएको छ ।  (रासस)

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी