भरतपुर २८ का वडाध्यक्ष कुमालद्धारा सुनौली नाकाबाट वडाबासीको उद्धार

२० जेष्ठ, भरतपुर ।

भरतपुर माहानगरपालिका वडा नं. २८ ले भैरहवाको सुनौली नाकामा अलपत्र परेका आफ्ना नागरिकको उद्धार गरेको छ । वडाध्यक्ष आश बहादुर कुमालको अगुवाईमा स्थानीयहरुको टोली अलपत्र वडाबासीलाई फिर्ता ल्याउँन सोमबार त्यस तर्फ गएको थियो ।

सो क्रममा नाकामा अलपत्र परेका वडा नम्बर २८ का ३८ जना, २२ का ३ जना, २१ का २ जना र वडा नं. १७ का २ जना गरी ४५ जना लिएर फर्केको वडाध्यक्ष कुमालले जानकारी दिनुभयो ।

सुनौली नाकामा अलपत्र परेका नागरिक भारतको मुम्बई लगायतका विभिन्न सहरबाट मजदुरी गरी फर्किएकाहरु हुन् । यसरी उद्धार गरी ल्याईएका अन्य वडाका नागरिकहरुलाई सम्बन्धित वडाकै जिम्मा लगाईएको र २८ नम्बर वडाका ३८ जनालाई सरस्वती मावि जितपुरमा रहेको क्वारेन्टाइनमा राखिएको जनाईएको छ ।

सरस्वती माविको क्वारेन्टाईनमा यस अघी १६ जना रहेको वडाध्यक्ष कुमालले जानकारी दिनुभयो ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’