२० जेष्ठ, भरतपुर ।
भरतपुर माहानगरपालिका वडा नं. २८ ले भैरहवाको सुनौली नाकामा अलपत्र परेका आफ्ना नागरिकको उद्धार गरेको छ । वडाध्यक्ष आश बहादुर कुमालको अगुवाईमा स्थानीयहरुको टोली अलपत्र वडाबासीलाई फिर्ता ल्याउँन सोमबार त्यस तर्फ गएको थियो ।
सो क्रममा नाकामा अलपत्र परेका वडा नम्बर २८ का ३८ जना, २२ का ३ जना, २१ का २ जना र वडा नं. १७ का २ जना गरी ४५ जना लिएर फर्केको वडाध्यक्ष कुमालले जानकारी दिनुभयो ।
सुनौली नाकामा अलपत्र परेका नागरिक भारतको मुम्बई लगायतका विभिन्न सहरबाट मजदुरी गरी फर्किएकाहरु हुन् । यसरी उद्धार गरी ल्याईएका अन्य वडाका नागरिकहरुलाई सम्बन्धित वडाकै जिम्मा लगाईएको र २८ नम्बर वडाका ३८ जनालाई सरस्वती मावि जितपुरमा रहेको क्वारेन्टाइनमा राखिएको जनाईएको छ ।
सरस्वती माविको क्वारेन्टाईनमा यस अघी १६ जना रहेको वडाध्यक्ष कुमालले जानकारी दिनुभयो ।