रेडियो त्रिवेणीको आयोजनामा ईन्टर मिडिया क्वीज कन्टेष्ट हुने

चितवन, २९ माघ :

रेडियो त्रिवेणी १००.६ मेगाहर्जको आयोजनामा भोली बिहिवार ईन्टर मिडिया क्वीज कन्टेष्ट कार्यक्रम हुने भएको छ । विश्व रेडियो दिवसको अवसर पारी कार्यक्रमको आयोजना गरिएको हो । चितवन र नवलपुरमा रहेका बिभिन्न १२ वटा सञ्चारमाध्यामले प्रतियोगितामा सहभागी हुन नाम दर्ता गराएका छन् ।

पत्रकार तथा सञ्चारमाध्यामहरु बिचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रेडियो त्रिवेणीका अध्यक्ष तेज नारायण खरेलले बताउनुभयो । उहाँले बौद्धिक क्षमताको रोमाञ्चक यस प्रतिस्पर्धामा सहभागी हुन चितवन र नवलपुरका पत्रकार तथा संचारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।

स्थापना कालदेखि नै समय सापेक्ष विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेकोमा रेडियो दिवसका दिन पनि यस किसीमको रचनात्मक कार्यक्रम राखिएको रेडियो त्रिवेणीका प्रवन्ध निर्देशक सुदीपसिंह अधिकारीले बताउनुभयो ।
कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्वर ११ जागृतिचोक स्थित रेडियो त्रिवेणीको परिसरमा विहीवार दिउसो २ बजेवाट शुरु हुनेछ ।

कार्यक्रममा मेट्स ईन्टरनेश्नल एजुकेशन एण्ड भिजा सर्भिसेज नारायणगढ, सेन्ट्रल कलेज, बेस्ट पिटीई सेन्टर भरतपुर, नेपाल लोकसेवा तयारी केन्द्र रिजालचोक, बालकुमारी कलेज नारायणगढ, हिमालय आधारभुत बिद्यालय जागृतिचोकले सहकार्य गरेका छन् ।

कार्यक्रमको रेडियो त्रिवेणी १००.६ मेघाहर्ज र आभास टेलिभिजन एचडीबाट समेत प्रशारण हुनेछ ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा