राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मेलम्ची आयोजनाबारे छलफल

काठमाडौं, १० जेठ :

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको स्थलगत अनुगमनका तथ्यहरूका विषयमा छलफल गरेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनको प्रारम्भिक मस्यौदा प्रतिवेदनका विषय छलफल भएको हो ।

बैठकमा सांसदहरूले लगानीअनुसार प्रतिफल प्राप्त हुन नसकेको र काठमाडौंका उपभोक्ताले मेलम्चीको पानी पाउनेमा शंका रहेको भन्दै विपत्तिपछि सरकारले यसको विकल्प खोज्न नसकेको बताउनुभयो ।

सांसदहरूले आयोजनाको खर्च बढिरहे पनि प्रतिफलप्रति आशावादी हुन सकिने अवस्था नदेखिएकाले यस विषयमा विज्ञ र सम्बन्धित निकायहरूलाई राखेर छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सदस्यहरूले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गरेको थियो ।

 

संबन्धित शिर्षकहरु

भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून