प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री खड्काको परिवारप्रति समवेदना व्यक्त

सुर्खेत, २३ जेठ : 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेतको वीरेन्द्रनगर आइपुग्नुभएको छ ।

प्रधानमन्त्री दाहालसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक लगायतका नेता पनि सुर्खेत आइपुग्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल खप्तडको गंगा दशहरा मेलाको उद्घाटन लागि जाने क्रममा प्रधानमन्त्री दाहालले सडक दुर्घटनामा ज्यान गुमाउनुभएकी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी भाइ बुहारीको परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का श्रीमती ५३ वर्षीया डा। सञ्जु खाती खड्काको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा