साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि आज भारत र कुवेत खेल्दै

काठमाडौं, १९ असार : चौधौँ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि आज भारत र कुवेत खेल्दैछन् ।

फाइनल खेल बेलुका पौने ८ बजे बेङ्ग्लोरमा रहेको कान्तिरभा मैदानमा हुनेछ । सेमिफाइनल खेलमा घरेलु टोली भारतले लेबनानलाई र कुवेतले बङ्लादेशलाई हराएर फाइनलमा पुगेको हो । भारतले लेबनानलाई पेनाल्टीमा हराएको थियो । साफमा भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ ।

लेबनान र कुवेतले यसपटक आमन्त्रित टोलीका रुपमा साफ च्याम्पियनसिप खेलेका हुन् । साविक उपविजेता नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम