शेयर बजार झन्डै १३ अङ्कले बढ्यो, कारोबार रकममा भने कमी

काठमाडौं, १९ असार : हिजो साेमवार उच्च अङ्कले घटेको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० विन्दुमा पुगेकाे छ ।

आज सबै समूहको शेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकममा भने निकै कमी आएको छ । आज दुई सय ८२ वटा कम्पनीका ६४ लाख ५० हजार कित्ता शेयर किनबेच भए । हिजो चार अर्ब पाँच करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई अर्ब ५७ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज सबैभन्दा धेरै नागरिक लगानी कोषको १२ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै सिटी होटलको शेयर १० प्रतिशत तथा मानुषी लघुवित्त र सिङ्गटी हाइड्रोको शेयर पाँच प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै बीपीडब्ल्यू लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी