कोशी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो वर्षाको सम्भावना

काठमाडौं, २१ असार : कोशी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

दिउँसो वा बेलुकीपख कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद् गोविन्द झाको आग्रह छ । उहाँका अनुसार देशका अन्य ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान छ । अहिले कोशी, गण्डकी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

काठमाण्डौलगायत आसपासका क्षेत्रमा घाम लागेको छ । तर, अहिले घाम लागे पनि फेरि बदली भइ दिउँसो पछि पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी