कोशी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो वर्षाको सम्भावना

काठमाडौं, २१ असार : कोशी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

दिउँसो वा बेलुकीपख कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद् गोविन्द झाको आग्रह छ । उहाँका अनुसार देशका अन्य ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान छ । अहिले कोशी, गण्डकी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

काठमाण्डौलगायत आसपासका क्षेत्रमा घाम लागेको छ । तर, अहिले घाम लागे पनि फेरि बदली भइ दिउँसो पछि पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय