प्रतिनिधिसभामा आज पनि विनियोजित बजेट माथिको छलफल जारी रहने

बाठमाडौं, २५ जेठ :
प्रतिनिधिसभामा आइतबार पनि विनियोजित बजेटमाथिको छलफल जारी रहने भएको छ । आइतबार राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटमाथि छलफल हुने छ । आइतबार नै ऊर्जा, शिक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रालयको विनियोजित बजेटको शीर्षकमाथि पनि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

शनिवारको बैठकमा अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, वन मन्त्रालय, संस्कृति, पर्यटन मन्त्रालय, उद्योग मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कृषि मन्त्रालयको बजेटमा छलफल भएको थियो ।

शुक्रबार भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युवा तथा खेलकूद मन्त्रालयका लागि विभिन्न शीर्षकमा विनियोजित बजेटमाथि सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए ।

आज सबै बजेटमाथिको छलफल सकिने छ । संसद सचिवालयको कार्यतालिका अनुसार सोमबार सबै मन्त्रीहरुले सांसदहरुले राखेका धारणा र जिज्ञासाको जवाफ दिनेछन् । शुक्रबार ७ वटा र शनिवार ८ वटा गरी १५ वटा मन्त्रालयको मन्त्रालयतगत शीर्षक माथिको छलफल सकिएको छ ।

शुक्रबार ५३ जना र शनिवार ६० जना गरी १५ वटा मन्त्रालयको मन्त्रालयगत शीर्षकमाथि ११३ सांसदले धारणा राखेका छन् । शुक्रबार र शनिबारकै हाराहारीमा आइतबार पनि सांसदहरुले धारणा राख्ने बताइएको छ ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा