आज पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान

काठमाडौं, १४ साउन :

आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनीका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै, राति कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा अहिले मनसुन सक्रिय भएको छ । अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ ।

गएराति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । त्यस क्षेत्रका खोला नालामा बाढीको जोखिम बढेकाले सतर्कता अपनाउन मौसमपवद्को आग्रह छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा