तरुण दल चितवनको आयोजनामा एक सय एक जनाले गरे रक्तदान

सुनिल पौडेल, जेष्ठ २५ ।
नेपाल तरुण दल चितवनले नारायणगढमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोरोना भाईरसको बढ्दो महामारीसंगै रगतको अभाव हुन थालेपछि तरुण दलले रक्तदान आयोजना गरेको जिल्ला सदस्य एवं कार्यक्रमका संयोजक प्रदिप लामिछानेको भनाई छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति जित नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १५ महिला र ८६ पुरुष गरि कुल १ सय १ जनाले रक्तदान गरेको तरुण दल जिल्ला सभापति राजन ताम्राकारले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले चौतर्फी रगतको माग भईरहेका बेला यसको सम्बोधन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेकोमा तरुण दलप्रति धन्यवाद ब्यक्त गर्नुभयो ।

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो