खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत

काठमाडौँ, २५ जेठ :

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत गरिएको छ ।

बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा तथा सिंचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि एकमुष्ट छलफल जारी छ ।

ती मन्त्रालयसम्बन्धी विनियोजनको शीर्षकमाथि दुर्गा पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, प्रेम सुवाल, रामबाबुकुमार यादव, गगनकुमार थापा, अतहरकमाल मुसलमान, डा नारायण खड्का, दिलेन्द्रप्रसाद बडू, भीमसेनदास प्रधान र प्रकाशमान सिंहले एकल र संयुक्त रुपमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उहाँहरुले मन्त्रालयगत रुपमा विनियोजन शीर्षकमाथि ठोस र जनअपेक्षाका कार्यक्रम नभएको टिप्पणी गर्दै खर्च कटौतीका लागि आआफ्ना प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्रीका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन, २०७५÷७६ पेश गर्नुभएको थियो । (रासस)

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने