अध्यक्ष तिमिल्सिनासँग थाई नेपाली संघका पदाधिकारीहरूको भेट

काठमाडौं, ३० साउन : 

थाई नेपाली संघ थाइल्यान्डका पदाधिकारीहरूले राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग उहाँको सिंहदरबारस्थित कार्यकक्षमा मङ्गलवार भेट गर्नुभएको छ ।

भेटमा उहाँहरूले थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका नेपाली भाषी थाई नागरिकलाई गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली मूलका नागरिकका समस्याहरू समाधानका लागि आफ्नो ठाउँबाट पहल गर्ने बताउनुभयो ।

नेपालबाट दोस्रो विश्वयुद्ध ताका म्यानमार हुँदै थाइल्याण्ड पुगेका नेपाली नागरिकहरूको चौथो पुस्ता पुगिसकेको छ ।

गेर आवासीय नेपाली सङ्घको परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न भिसा र अन्य सुविधाबाट बञ्चित हुनु परेको तथा नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली संघ थाइल्यान्डकी अध्यक्ष वासाना राईले बताउनुभयो ।

थाइल्याण्डमा झण्डै १ लाख नेपाली भाषी नागरिक रहेका छन् ।

 

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय