कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ, २६ जेठ :
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने छ ।

बैठकमा कोरोना भाइरस संक्रमणलगायतका विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भनेर कांग्रेसले सरकारको आलोचना गर्दै आएको छ । बैठकमा समसामयीक राजनीतिबारे पनि छलफल हुनसक्ने बताइएको छ । (रासस)

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा