शेयर बजार झन्डै ३ अङ्कले घट्याे, १ अर्ब १३ करोड रुपैयाँको कारोबार

काठमाडौं, १३ भाद्र : शेयर बजार आज बुधवार पनि घटेको छ । हिजो मङ्गलवार पाँच अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय ९० दशमलव ५९ विन्दुमा झरेको छ ।

आज होटल र व्यापार समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डको शेयर आठ प्रतिशत र महिला लघुवित्त वित्तीय संस्थाको शेयर छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिटी होटलको शेयर झन्डै १० प्रतिशतले बढेको छ । बजार घटे पनि कारोबार रकममा भने सुधार आएको छ ।

हिजो साढे ८६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ३८ लाख तीन हजार कित्ता शेयर एक अर्ब १३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको १० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम