महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले हरायो

काठमाडौं, १७ भाद्र : आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले हराएको छ । लगातार तेस्रो जितकासाथ नेपाल समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि नेपालले ४० रनको लक्ष्य पाएको थियो । यो लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाउँदै भेट्टायो । नेपालका कप्तान रुविना क्षेत्री १२ रनमा अविजित रहिन् । कविता जोशी ९ रनमा आउट भइन् । सीता रानामगरले ८ तथा पूजा महतोले बलमा ३ रन जोडिन् । भुटानकी अन्जुली घलेले ३ तथा क्षिरिङ जांग्मोले २ विकेट लिइन् । त्यसअघि मलेसियाको बाङ्गीमा टस हारेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएको थियो ।

भुटानका कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाउनुबाहेक अरुले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका पूजा महतोले ३ तथा कविता कुँवर, खुसी डङ्गोल र कप्तान रुविना क्षेत्रीले समान एक/एक विकेट लिए । ४० रनको लक्ष्य पाएको नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ । नेपालले यसअघि घरेलु टोली मलेसियालाई ५ रन र बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले भोलि कतारसँग र समूह चरणको अन्तिम खेलमा १९ गते यूएईसँग खेल्नेछ ।

प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा