आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडौं, २९ भाद्र : आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जीव अधिकारीका अनुसार बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली सर्दै भारतको उत्तर प्रदेश र आसपासका क्षेत्रमा पुगेको छ ।

यो प्रणालीकै कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । यो प्रणालीको असर पश्चिमी क्षेत्रमा धेरै पर्ने उहाँले बताउनुभयो ।

यस्तै, आज लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही तथा कोशी, बाग्मती, गण्डकी र मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी