नेपाल सुपर लिग : पहिलाे जितकाे खाेजीमा झापा र वीरगञ्ज

काठमाडौं, २२ मंसिर : नेपाल सुपर लिग (एनएसएल) मा आज शुक्रवार झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी खेल्दैछन् । खेल बेलुकी ५ बजे त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा शुरु हुनेछ । झापा र वीरगञ्ज दुवै टाेलीलाई प्लेअफमा पुग्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ ।

यी दुवै नवप्रवेशी टाेली हुन् । झापा र वीरगञ्ज प्रतियाेगितामा जितविहीन छन् । झापा ३ खेलमा २ बराबरी र १ हारसहित २ अङ्क जाेड्दै तालिकाकाे आठाैँ स्थानमा छ । वीरगञ्ज उति नै खेलमा २ हार र १ बराबरीसँगै तालिकाकाे पुछारमा छ । यही मङ्सिर ८ गतेदेखि शुरु भएकाे दाेस्राे संस्करणकाे एनएसएलमा ९ वटा टिमकाे सहभागिता रहेकाे छ ।

प्रतियाेगितामा धनगढी एफसी, ललितपुर सिटी एफसी, पाेखरा, काठमाण्डाै रेजर्स एफसी, एफसी चितवन, इलाम, एफसी बुटवल लुम्बिनी, झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी छन् ।

सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले क्वालिफायर र तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्ने छन् । २०७८ सालमा भएकाे फ्रेन्चाइज लिगकाे पहिलाे संस्करणकाे उपाधि काठमाण्डाैले जितेकाे थियाे ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव