टी–२० विश्वकप सञ्चालनका बारेमा निर्णय गर्न आइसिसीको बोर्ड बैठक आज बस्दै

काठमाडौं, २८ जेठ :

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको बोर्ड बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा हुने टी–२० विश्वकप सञ्चालन गर्ने वा नगर्ने भन्ने बारेमा छलफल हुने बताइएको छ । दुई साता अघि भएको बैठकमा केहि एजेन्डामा पनि कुरा नभएपछि जुन १० सम्मलाई बैठक स्थगित गरेको थियो ।

टेलिकन्फ्रेन्स मार्फत हुने बैठकम विश्वकप हुने नहुने अन्तिम निर्णय गरिने भएको छ । १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म आयोजना गर्ने मिति तोकिएको प्रतियोगिता के हुन्छ भन्ने एकिन छैन । आईसीसीले बोर्ड टेलिकन्फ्रेन्स मार्फत अहिले जारी कोरोना माहामारीका कारण जनस्वास्थ्य पहिलो प्राथमिकता भएको भन्दै जुन १० मा फेरी बैठक गर्ने बताएको थियो ।

यसका साथै बैठकमा अन्तर्राष्ट्रिय क्यालेन्डरका बारेमा पनि छलफल हुनेछ । टी–२० विश्वकप तोकेको मितिमा नभएमा त्यसको स्थानमा बीसीसीआइले आइपिएल गर्ने योजना बनाएको छ ।

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक